11:28PM
चैत्र ११ गते २०८२

नेपाल साफ यू–२० च्याम्पियनसिपमा सेमिफाइनलनजिक

चैत्र ११ गते २०८२
7:24 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । श्रीलंकालाई १–० ले पराजित गर्दै नेपाल साफ यू–२० च्याम्पियनसिपमा सेमिफाइनलनजिक पुगेको छ । यो जितसँगै समूह ‘ए’मा रहेको नेपालले तालिकामा ६ अंक जोड्यो । शीर्ष स्थानमा उक्लिएको नेपालले दुई खेलमा शतप्रतिशत जित हासिल गर्दै यो नतिजा आत्मसाथ गरेको हो । नेपालले यसअघि उद्घाटन खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो । अब सेमिफाइनल पुग्न नेपालले अन्तिम खेलमा बराबरी मात्र गरे पनि पर्याप्त हुनेछ ।बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाललाई जित दिलाउन सुवास बम निर्णायक बने । सुवासले दिलाएको अग्रतलाई अन्तिम समयसम्म जोगाउँदै टोलीले जित निकालेको हो ।

उनले २४औँ मिनेटमा पेनाल्टी बक्सभित्र आफू अनमार्क भएको अवस्थाको सदुपयोग गर्दै चालाखीपूर्ण गोल गरेका थिए । टोलीका गणेश पुलामी मगरले १८–यार्ड बक्स नजिकैबाट दिएको ‘क्रस’मा टोलीका सुजन डंगोल हेडर प्रयास गरे पनि आक्रामक बन्नसकेको थिएन । यसपछि, पेनाल्टी बक्सभित्र ‘अनमार्क’ रहेका सुवासले पासलाई गोलमा परिणत गरेका हुन् । पराजित श्रीलंकाको भने हारसँगै सेमिफाइनल सम्भावना चुनौतीपूर्ण बनेको छ । हारबाट दोस्रो स्थानमा झरेको श्रीलंकाले दुई खेल खेल्दा समान एक जित र हारसहित तीन अंक बनाएको छ । अब श्रीलंकाले सेमिफाइनलमा पुग्न अन्तिम खेलमा भुटानलाई हराउनैपर्ने हुन्छ ।

रिप्लाई गर्नुहोस