09:35PM
चैत्र १ गते २०८२

सबै राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाए

चैत्र १ गते २०८२
6:18 pm
Author Avatar
आर्थिक मञ्च

काठमण्डौ । तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् । दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । ६ वटा दलमध्ये १६ सिट पाएको नेकपा एमालेले आयोगमा बुझाएका समानुपातिक सांसदहरुको नाम हिजै सार्वजनिक गरिसकेको छ ।

फागुन २१ गतेको प्रतिनिधि सभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजको सचिवालय बैठकबाट सामानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको हो । ४८ जना महिला र नौजना पुरुषको नाम बुझाएको र परिचय भने आयोगले नै सार्वजनिक गर्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । यस्तै समानुपातिकमा २० सिट पाएको नेपाली कांग्रेसले पनि आजै नाम टुङ्गो लगाएको हो । १५ जना महिलासहित २० जनाको नाम निर्वाचन आयोगले नै सार्वजनिक गर्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

९ सिट पाएको नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती बिक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ । ४ सिट पाएको श्रम संस्कृती पार्टीले पूर्णप्रसाद लिम्बू, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरको नाम पठाएको छ । यस्तै ४ सिट पाएको राप्रपाले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम पठाएको छ ।

रिप्लाई गर्नुहोस