11:57PM
फागुन ३० गते २०८२

एमालेले गर्‍यो समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

फागुन ३० गते २०८२
8:20 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमाले ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो। पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।

नामावली
जनजाति (चारजना)
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :
– रामबहादुर थापामगर
– कुलभक्त शाक्य

खसआर्य (पाँचजना)
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
– गुरुप्रसाद बराल
– पुष्पराज कँडेल

थारू (एकजना)
कृपाराम राना (पुरुष)

दलित (दुईजना)
 महिला :
– विष्णुमाया विक 
– नीता घतानी 

मधेसी (तीनजना) 
महिला :
– रिङ्ला यादव 
– यशोधाकुमारी यादव 
 पुरुष :
– चन्द्रेश्वर मण्डल
       
मुस्लिम  
 महिला :
– साजिदा सिद्दिकी

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको हिजो २९ गते बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट ज्यान गुमाएका पूर्वकेन्द्रिय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ।

रिप्लाई गर्नुहोस