11:33PM
फागुन ८ गते २०८२

नेकपा एमालेको झन्डा जलाएको आरोपमा दाङ बाट एक जना पक्राउ

फागुन ८ गते २०८२
8:20 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त घटना अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचानको आधारमा उनीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

रिप्लाई गर्नुहोस