11:52PM
असार ९ गते २०८३

सिन्धुली क्षेत्र नम्बर २ को बागी उम्मेदवार फिर्ता गराउन हरिबोल गजुरेललाई प्रचण्डको निर्देशन

माघ १० गते २०८२
7:44 pm
Author Avatar
आर्थिक मञ्च

सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली–२ को बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन हरिबोल गजुरेललाई निर्देशन दिएका छन्। मंगलबार पार्टी मुख्यालयको तर्फबाट विज्ञप्ति जारी गर्दै प्रचण्ड र नेपालले दाहालको उम्मेदवारी फिर्ता गराउन भूमिका खेल्न भनेका हुन्। दाहालको प्रस्तावक हरिबोल गजुरेल छन्। त्यहाँ पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार लेखनाथ दाहाल राजन छन्।

‘नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आगामी २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनमा यस दलको तर्फबाट सिन्धुली जिल्ला क्षेत्र नम्बर २ को पार्टीको तर्फबाट आधिकारीक उम्मेदवारका विरुद्धमा यस दलका केन्द्रीय सदस्य महेश्वर दाहालले अनधिकृत रूपमा सोही निर्वाचन क्षेत्रमा बागी उम्मेदवार मनोनयन दर्ता गरी अनाधकृत उम्मेदवारी दिएको निर्वाचन आयोगद्वारा प्रकाशित प्रत्यक्षतर्फको उम्मेदवारको नामावली सूचीबाट अवगत भएको छ,’ विज्ञप्तिमा भनिएको छ। केन्द्रीय सदस्य दाहालले पार्टी निर्णय विरुद्ध अनधिकृत रूपमा मनोनयपत्र दर्ता गरेको भन्दै त्यसको प्रस्तावक गजुरेल रहेको बुभिएकाले उक्त उम्मेदवारी फिर्ता गराउन नेकपाले निर्देशन जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रिप्लाई गर्नुहोस