05:43PM
माघ १० गते २०८२

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिए

माघ ५ गते २०८२
8:12 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

रिप्लाई गर्नुहोस