05:43PM
माघ १० गते २०८२

उज्यालो नेपाल पार्टीको महासचिवमा धर्म चौधरी नियुक्त

माघ ५ गते २०८२
7:53 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । उज्यालो नेपाल पार्टीको महासचिवमा धर्म चौधरी चयन भएका छन् । पार्टीका अध्यक्ष कुलमान घिसिङले चौधरीलाई महासचिवमा चयन गरेका हुन् । अध्यक्ष कुलमानले चौधरीलाई महासचिव चयनको पत्र समाजप्रतिको सकारात्मक प्रभाव, सामाजिक तथा राजनीतिक कार्यमार्फत समाज प्रति पुर्‍याउँदै आएको योगदानलाई कदर पार्टीको महासचिव पदमा चयन गर्ने निर्णय गरेको जानकारी उल्लेख गरे ।

चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेता तथा प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । उनी बर्दियाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनले आइतबार प्रदेशसभाबाट राजीनामा दिएका छन् ।

रिप्लाई गर्नुहोस