12:29AM
पौष ३ गते २०८२

नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्ने

मंसिर २९ गते २०८२
6:11 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग बीबीएल खेल्ने भएका छन् । बीपीएलको टोली राजशाही वारियर्सले आउँदो संस्करणका लागि सन्दीपलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । यो टोलीमा भर्खरै सकिएको नेपाल प्रिमियर लिग एनपीएल खेलको न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।

यसअघि सन्दीपले सन् २०१८र१९ को सिजनमा सिलेट सिक्सर्सबाट बीपीएल खेल्दा ६ खेलमा ४ विकेट लिएका थिए । सन्दीपले इन्डियन प्रिमियर लिग आईपीएल, बिग बाश लिग बीबीएल, क्यारेबियन प्रिमियर लिग सीपीएल लगायत विश्वका चर्चित लिग खेलिसकेका छन् । २५ वर्षीय सन्दीप लामिछानेले ६८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय २९ विकेट लिएका छन् । यस्तै उनले १ सय ६० टी–२० क्रिकेटमा २ सय ३७ विकेट लिएका छन् ।

रिप्लाई गर्नुहोस