01:07PM
मंसिर १३ गते २०८२

फागुन २१ गतेको चुनावका लागि अहिलेसम्म ६८ राजनीतिक दल दर्ता

मंसिर १० गते २०८२
6:53 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि अहिलेसम्म ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि नेकपा एमाले, नेपाली कांग्रेससहित आजसम्ममा ६८ वटा दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

एमालेले एकातिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने अर्कोतिर निर्वाचन आयोगमा पनि दल दर्ता गराएको छ । प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आयोगले भोलिसम्मको समयसीमा निर्धारण गरेको छ ।

रिप्लाई गर्नुहोस