08:30AM
फागुन १९ गते २०८२

रवि लामिछाने र छविलाल जोशीको सक्कल मिसिल झिकाउन आदेश

कार्तिक २८ गते २०८२
6:50 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतको सक्कल मिसिल झिकाउन आदेश भएको छ ।

आज तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको अभियोगमा उनीहरू थुनामा रहेका छन् । जेनजी प्रदर्शनका क्रममा उच्च अदालत बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दा फाइल सुरक्षित रहेको अदालतले जनाएको छ ।

रिप्लाई गर्नुहोस