हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई आयोगले दल दर्ताको प्रमाणपत्र दियो
काठमाण्डौ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ र ५ अनुसार पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो । आयोगका अनुसार जेनजी आन्दोलनपछि आयोगमा सात वटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा एक सय २५ वटा दल हर्ता भएका छन् ।