11:39PM
कार्तिक ९ गते २०८२

शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

असाेज २२ गते २०८२
7:30 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । कांग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक बोलाएको जानकारी गराए । बैठक बोलाइएको स्थान भने उनले खुलाउन चाहेनन् । २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा बारे छलफल हुने ती पदाधिकारीले जानकारी गराए ।

दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ देउवा र उनको पत्नि आरजु राणा देउवा माथि कुटपिट भएको थियो । सेनाको सुरक्षामा देउवा दम्पत्तिले उपचार गराएका थिए । उपचारपछि फर्केर देउवा दम्पत्ति बसेको स्थान हालसम्म जानकारी गराइएको छैन ।

रिप्लाई गर्नुहोस