11:41PM
कार्तिक ९ गते २०८२

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदै

असाेज १३ गते २०८२
10:22 am
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स यूएईको शारजाहमा राति सवा ८ बजे शुरू हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

रिप्लाई गर्नुहोस