05:03PM
फागुन १९ गते २०८२

हर्क साम्पाङले राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दिए

असाेज १२ गते २०८२
5:30 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताको निवेदन दिएका छन् । उनले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । सोही चुनावलाई लक्षित गरी उनले पार्टी दर्ता गर्न लागेका हुन् ।

उनको निवेदनमाथि रुजुको प्रक्रियामा रहेको आयोग स्रोतले जनाएको छ ।पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने आयोगले जानकारी दिएको छ।

रिप्लाई गर्नुहोस