11:47AM
फागुन २८ गते २०८२

शीर्ष नेताहरू केपी ओली, रमेश लेखक,शेर बहादुर देउवाको पासपोर्ट रोक्का गर्ने

असाेज ९ गते २०८२
4:34 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । सरकारले शीर्ष नेताहरूको राहदानी पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो । गत भदौ २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको एक मन्त्रीले रातोपाटीलाई बताए ।

‘जेनजी आन्दोलनलाई दमनको रूपमा परिणत गर्नेलाई कारबाही गर्न जेनजीहरुको माग रहेको छ । अन्य विषयमा पनि अनुसन्धान हुन सक्छ । त्यसको लागि अहिले सरकारले पासपोर्ट रोक्ने तयारी गरेको हो,’ ती मन्त्रीले रातोपाटीसँग भने । सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी छ ।

रिप्लाई गर्नुहोस