11:33PM
भाद्र ३० गते २०८२

नवनियुक्त मन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घोषणा

भाद्र ३० गते २०८२
7:39 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । आज सिंहदरबारमा रहेको मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरू जेन–जी प्रदर्शनका क्रममा मृत्युवरण गरेका शहीदहरूका परिवारलाई उपलब्ध गराउने बताउनुभएको हो । यस्तै उहाँले आफ्ना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने पनि उल्लेख गर्नुभयो ।

मन्त्री घिसिङले आफ्नो जिम्मेवारी इमानदारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइने पनि बताउनुभयो । ‘असल नियत राखी ढुक्क भएर काम गर्नुहोस् । देशको अवस्था हेरेर अहिले १८ घण्टा खटिएर काम गर्नुहोस्’, उहाँले भन्नुभयो ।

रिप्लाई गर्नुहोस