10:54AM
भाद्र २८ गते २०८२

काठमाडौं उपत्यका प्रहरी ड्युटीमा खटिन थाले

भाद्र २६ गते २०८२
7:15 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूको नियन्त्रणबाहिर रहेको सुरक्षा निकायमध्येको नेपाल प्रहरी सक्रिय बन्न थालेको छ । काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार, ड्युटीका लागि प्रहरी खटाउन थालिएको छ । “प्रहरी अब सक्रिय बन्दै गएको छ । सडकमा पनि केही प्रहरी खटाउन थालेका छौँ,” प्रहरीका एक अधिकृतले भने । भदौ २३ र २४ मा ‘जेनजी’ आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले काठमाडौं उपत्यकाका प्रहरी वृत्तमा आगजनी गर्नुका साथै हातहतियार र पोसाक खोसेका थिए ।

त्यस्तै, हिरासतबाट भागेका कैदीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ । लुटिएका हातहतियार पनि फिर्ता दिन र पोसाकको दुरुपयोग नगर्न भन्दै सर्वसाधारणसँग सूचना माग गरेको छ । प्रदर्शनकारीहरूको आक्रमणमा परेपछि प्रहरी सैनिक व्यारेक पुगेका थिए । देशमा सिर्जिन अवस्थालाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले सुरक्षा जिम्मा लिएको थियो ।

रिप्लाई गर्नुहोस