12:26PM
भाद्र २८ गते २०८२

नेपालमा दर्ता नभएका फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन

भाद्र १९ गते २०८२
6:30 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ । बिहीबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२र०५र१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयअनुसार जानकारी गराइएको छ । पटक–पटक दर्ता प्रक्रियामा आउन आग्रह गरेपनि सामाजिक सञ्जालहरु दर्ता प्रक्रियामा नआएपछि सरकार ती सञ्जालहरु बन्द गर्ने निर्णयमा पुगेको हो ।

रिप्लाई गर्नुहोस