12:12PM
भाद्र २८ गते २०८२

प्रधानमन्त्री ओलीले आज शाङ्घाई सहयोग सङ्गठन एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

भाद्र १६ गते २०८२
7:22 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाई सहयोग सङ्गठन एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले सम्बोधनका क्रममा देशको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राख्नुभएको थियो । चीनको तियान्जिनमा रहेको मेइजियान सम्मेलन केन्द्रमा हिजोदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गएको शनिवारदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । प्रधानमन्त्री ओली र विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीचको दुई पक्षीय भेटवार्ताको क्रम पनि चलिरहेको छ ।

रिप्लाई गर्नुहोस