प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच दुईपक्षीय भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन एससिओ को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न चीनको थियानजिन पुग्नुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई त्यहाँ स्वागत गर्नुभएको थियोे ।
