02:18PM
भाद्र ३१ गते २०८२

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको भोलि इमरजेन्सी नम्बर १०० अवरुद्ध हुने

श्रावण १४ गते २०८२
8:25 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले भोलि बुधबार काठमाडौँमा इमरजेन्सी नम्बर १०० को सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ । कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्ष मर्मत सम्भारको काम हुने भएकाले भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

रिप्लाई गर्नुहोस