11:45AM
फागुन २९ गते २०८२

भैरहवामा बस्ने गरी रास्वपाले संसदीय दलको बैठक बोलायो

श्रावण १४ गते २०८२
7:58 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाको संसदीय दलको बैठक बोलाएको छ । बुधबार भैरहवामा बस्ने गरी रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । पार्टीको सचिवालय, केन्द्रीय समिति र संसदीय दलको बैठक फरक फरक प्रदेशमा बस्ने नीति अनुसार नै दलको बैठक बोलाइएको कार्यवाहक सभापति डिपी अर्यालले जानकारी दिए । बैठकमा भाग लिन सांसदहरू भैरहवा आउने क्रम जारी रहेको उनले बताए । बैठकको समय सबै सांसदहरू आएपछि तय गरिने उनले बताए ।

‘हामीले दलको बैठक अप्रत्याशित रूपमा बोलाएको होइन । पहिले नै तय भएको हो । पार्टीको सचिवालय, केन्द्रीय समिति र संसदीय दलको अलग अलग बैठक हरेक महिना अलग अलग प्रदेशमा बस्ने नीति अनुसार नै बैठक बस्न लागेको हो’, उनले भने । अर्यालले आगामी निर्वाचनको तयारी सम्बन्धमा पनि ग्राउन्ड जिरो रिपोर्टीङ हुने जानकारी दिए । यस्तै सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेसँग बिहान भेटेर कुराकानी भएको उनले जानकारी दिए ।

रिप्लाई गर्नुहोस