01:58AM
असार २९ गते २०८२

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

असार २८ गते २०८२
8:35 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो । त्यस अवसरमा चार वटा नगरपालिकाका र खोप सुनिश्चित घोषणामा सहयोग पुयाउने निकायलाई सम्मान गरिएको छ । साथै महिला स्वयंसेविकालाई मन्त्री थापाले सम्मान गर्नुभयो ।

स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि जिल्लाको चारवटै पालिका पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो । उहाँले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको बताउँदै कोही पनि खोपबाट छुट्न नहुने बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले घरघरमा गएर खोप सुनिश्चितता गरेर शून्यमा झारेको बताउँदै भक्तपुरमा कोही पनि बालबालिका खोपबाट वञ्चित हुन नपरेको बताउनुभयो ।

रिप्लाई गर्नुहोस