गोलन्जोर गाउँपालिकाले ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँको बजेट ल्यायो

काठमाडौँ । जिल्लाको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले उक्त बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम गत शनिवार नै सार्वजनिक गरिसकेका छन् ।
अध्यक्ष बरालद्धारा प्रस्तुत नीति तथा कार्यक्रमलाई नै प्राथमिकताका आधारमा बजेट तयार पारिएको उपाध्यक्ष न्यौपानेको भनाई छ । बजेटमा सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला र बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, यातायात, सूचना प्रविधि, सरसफाइ, तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ । उपाध्यक्ष न्यौपानेले बजेट प्रस्तुत गर्दै गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय आवश्यकता, जनचासो र उपलब्ध स्रोत–साधनलाई केन्द्रमा राखेको बताउँदै बजेटको मूल मन्त्र पनि पारदर्शिता, समन्वय, र जवाफदेही शासन प्रणाली अन्तरगत रहेको बताए ।
‘
