10:30PM
जेठ २७ गते २०८२

इजिप्टकी राजदूत नोहा हम्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बिदाइ

जेठ २६ गते २०८२
5:41 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपालका लागि गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबालीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले राजदूत एलगेबालीलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

रिप्लाई गर्नुहोस