06:40PM
असार १७ गते २०८२

रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको बिदाइ

जेठ १२ गते २०८२
7:19 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । यो सिजनको ला लिगामा रियल म्याड्रिडले जीतका साथ अन्त्य गरेको छ । रियलले रियल सोसिडाडलाई २–० गोलले हराउँदै सुखद् अन्त्य गरेको हो । टोलीका लागि दुवै गोल किलियन एम्बाप्पेले गरे । उनले खेलको ३८औं र खेल सकिन ७ मिनेट बाँकी रहँदा गोल गरे । रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि थियो ।

बार्सिलोना यसअघि नै ला लिगा च्याम्पियन भइसकेको थियो । रियलले दोस्रो हुँदै सिजन टुङग्यायो । बार्सिलोनाले आजराति एथ्लेटिको क्लबसँग सिजनको अन्तिम खेल खेल्दैछ ।

रिप्लाई गर्नुहोस