04:53PM
फागुन २८ गते २०८१

नेकपा एमाले भीम रावलको अभियानमा सक्रिय भएको भन्‍दै पाँच नेतालाई निष्कासन

माघ २० गते २०८१
7:25 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएको भन्‍दै पाँच नेतालाई निष्कासन गरेको छ । प्रदेश सचिवालय बैठकले पाँच नेतालाई निष्कासित गरेको हो ।

प्रदेश सचिव रणबहादुर चन्दका अनुसार निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर विक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् । स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिइएको भन्दै कारबाही गरिएको हो ।

रिप्लाई गर्नुहोस