05:35PM
फागुन २८ गते २०८१

फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा

पौष ४ गते २०८१
8:55 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । फिफा वरीयतामा नेपालले यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल १ सय ७५ औं स्थानमा यथावत् रहेको हो । नेपाल अघिल्लो महिना पनि यही स्थानमा थियो । नयाँ वरीयताअनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २६ औं, अफगानिस्तान १ सय ५६ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बङ्गलादेश १ सय ८५ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलङ्का २ सयौं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिल पाचौं स्थानमा यथावत् छन् । यस्तै पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी दशौं स्थानमा यथावत् छन् ।

रिप्लाई गर्नुहोस