08:49AM
फागुन ३० गते २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत

मंसिर १७ गते २०८१
7:36 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।
सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

रिप्लाई गर्नुहोस