01:47PM
असार २० गते २०८२

काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी

चैत्र ३० गते २०८०
8:24 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको तर आगो लागेको केही समयमा नै नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागी हुने बित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटर बाहेक अन्य कुनै पनि क्षति नभएको बताइएको छ ।

रिप्लाई गर्नुहोस