01:20AM
श्रावण १५ गते २०८२

म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिग लिडर लिभरपुल जित निकाल्दैशीर्ष स्थानमा

चैत्र १९ गते २०८०
10:05 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिग लिडर लिभरपुललाई फाइदा पुगेको छ। गएराति ब्राइटनविरूद्ध जित निकाल्दै शीर्ष स्थानमा दूरी बढाएको लिभरपुललाई सिटी र आर्सनलले बराबरी खेल्दा फाइदा पुगेको हो।

ब्राइटनविरूद्ध लिभरपुल २ - १ गोलले विजयी हुँदा लुइस डियाज र मोहम्मद सलाहले गोल गरेका थिए। दोस्रो मिनेटमा ब्राइटनका ड्यानी वेलबेकले गोललाई २७ औं मिनेटमा लिभरपुलका लुइस डियाजले बराबरी गरे।

६५ औं मिनेटमा सलाहले गरेको गोल निर्णायक बन्दा लिभरपुल विजयी भएको थियो। आर्सनल र सिटीले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे। लिग तालिकामा लिभरपुलको ६७, आर्सनलको ६५ र सिटीको ६४ अंक छ।

रिप्लाई गर्नुहोस