05:10PM
कार्तिक १० गते २०८२

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क कृषि एम्बुलेन्स सञ्चालनमा ल्यायाे

माघ २१ गते २०८०
8:08 pm
Author Avatar
आर्थिक मञ्च

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका किसानले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरेर बजारसम्म पुर्‍याइदिने उद्देश्यका साथ नगरपालिकाले आजदेखि औपचारिकरूपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । पहिलो दिन वडा नम्बर ११ खार्मीमा ‘सोती बहुउद्देश्यीय कृषक समूह’ ले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरिएको छ ।

शुभम् फाउन्डेशनले निःशुल्क उपलब्ध गराएको पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन शुरु गरेको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । नगरपालिकाले शुरुवात गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सके किसानलाई ठूलो राहत हुने वडा नम्बर २ सोल्माका अगुवा किसान गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।

रिप्लाई गर्नुहोस