10:20AM
पौष १० गते २०८२

भिनिसियस जुनियरको ह्याट्रिकप्रेरित रियाललाई सुपर कपको उपाधि

माघ १ गते २०८०
11:02 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । युवा स्ट्राइकर भिनिसियस जुनियरको ह्याट्रिकप्रेरित रियाल मड्रिडले एल क्लासिकोु मा बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरेबियास्थित किंग रंगशालामा रियालको जितमा भिनिसियसले ह्याट्रिक गर्दा रोड्रिगोले एक गोल थपे । बार्सिलोनाका रोबर्ट लेवान्डोवस्कीले गोल फर्काएका थिए ।

खेलको सुरुआती १० मिनेटभित्र नै भिनिसियसले दुई गरेपछि रियालले बार्सिलोनालाई खेलभर दबाबमा राखेको थियो । सातौँ मिनेटमा भिनिसियसले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । १०औँ मिनेटमा भिनिसियसले नै रियालको अग्रता दोब्बर पारे ।

३३औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनाको खेलमा फर्किने सम्भावना कायम राखेका थिए । तर, ३९औँ मिनेटमा भिनिसियसले ह्याट्रिक गरेपछि पहिलो हाफमै रियालले ३–१ को अग्रता बनाएको थियो । रियालका लागि अर्को गोल रोड्रिगोले खेलको ६४औँ मिनेटमा गरे । खेलको ७१औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि बार्सिलोनाका रक्षक रोनाल्ड अराउहोले मैदान छाडेका हुन् ।

रिप्लाई गर्नुहोस