11:05PM
फागुन ३० गते २०८१

स्थानीय तहमा भ्रष्टाचारका उजुरीको चाङ कुल १ हजार ५७९ वटा उजुरी दर्ता

पौष २८ गते २०८०
10:38 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । बागमती प्रदेशमा स्थानीय तहतर्फ भ्रष्टाचारका मुद्दाको संख्या उकालो लाग्ने चरणमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा स्थानीय तहका भ्रष्टाचारका मुद्दा दर्ता संख्या बढ्दो क्रममा देखिएको हो । आर्थिक वर्ष २०७८ ०७९ र गत आर्थिक वर्षको तुलनामा आयोगको हेटौंडा कार्यालयमा भ्रष्टाचारका मुद्दा सम्बन्धी उजुरी बढेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७९ ०८० मा स्थानीय तहका भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएका उजुरी संख्याकै बराबरको चालु आर्थिक वर्षको ५ महिनामा नै उजुरी दर्ता भएका छन् ।

आयोगको हेटौंडा कार्यालयमा आर्थिक वर्ष २०७९(०८० को असार मसान्तसम्म र त्यसअघिको जिम्मेवारी सरेर आएका गरी स्थानीय तहसँग सम्बन्धित कुल १ हजार ५६९ वटा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका थिए भने चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा १ हजार ४१५ वटा उजुरीहरु दर्ता भएका छन् । आयोगको हेटौंडा कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा स्थानीय तहमा भएका भ्रष्टाचारका ३३७ उजुरीे दर्ता भएको थियो भने आर्थिक वर्ष २०७९÷०८० मा १ हजार २३२ वटा गरी कुल १ हजार ५७९ वटा उजुरी दर्ता भएको थियो ।

आर्थिक वर्ष २०७८ ०७९ मा स्थानीय तहमा भएका भ्रष्टाचारका ३३७ वटा उजुरी दर्ता भएको थियो भने आर्थिक वर्ष २०७९(०८० मा ९४९ वटा गरी कुल १ हजार २३० वटा उजुरी दर्ता भएको थियो । गत आर्थिक वर्ष दर्ता भएका स्थानीय तहका भ्रष्टाचार सम्बन्धी उजुरीमध्ये अघिल्लो आर्थिक वर्षको १५६ र गत आर्थिक वर्षको ५८२ गरी कुल ७३८ वटा फर्स्यौट गरिएको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षबाट स्थानीय तह सम्बन्धी ४९२ वटा उजुरी फर्स्यौट हुन नसकी चालु आर्थिक वर्षमा जिममेवारी सरेर आएको छ । जसमा अघिल्लो आर्थिक वर्षका १२५ र गत आर्थिक वर्षका ३६७ वटा उजुरी छन् ।

रिप्लाई गर्नुहोस