09:00AM
चैत्र १ गते २०८१

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पौष १४ गते २०८०
9:23 PM
Author Avatar
आर्थिक मञ्च

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा शुक्रबार देखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाल प्रसाद न्यौपानेले गर्नुभयो । पालिकाभरीका १० वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन ।

गोलन्जोर गाउँपालिका वडा नं। ६ हैवार बेसीको खेल मैदानमा प्रतियोगिता संचालन भैरहेको छ । प्रतियोगिता ३ दिनसम्म संचालन हुने गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष रन्जित देवकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

रिप्लाई गर्नुहोस