03:51PM
पौष १० गते २०८२

आर्सनलले इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्षस्थानमा कायम

पौष ८ गते २०८०
11:05 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्षस्थान कायम गरेको छ। गएराति अंकतालिकाको दोस्रो स्थानको लिभरपुलसँगको खेल १-१ को बराबरीमा टुंगिएपछि आर्सनलले लिग लिडरको अस्तित्व जोगाएको हो। आर्सनलविरूद्धको खेल लिभरपुललाई शीर्ष स्थानमा उक्लिने मौका हुन सक्थ्यो।

१-१ को बराबरीमा टुंगिएको खेलमा आर्सनलका ग्याब्रियलले चौथो मिनेटमा र लिभरपुलका सलाहले २९ औं मिनेटमा गोल गरेका थिए। आर्सनलले १८ खेलमा १२ जित, २ हार र ४ बराबरी खेल्दै ४० अंक जोडेको छ। समान खेल खेलेको लिभरपुल ११ जित, १ हार र ६ बराबरी खेल्दै ३९ अंक बनाएको छ। तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि ३९ अंक नै छ। गोल डिफरेन्सका आधारमा लिभरपुल दोस्रो र एस्टन भिल्ला तेस्रो स्थानमा छ।

रिप्लाई गर्नुहोस