05:45PM
पौष १० गते २०८२

म्यानचेष्टर सिटीले फ्लुमिनेन्सलाई पराजित गर्दै जित्यो क्लब विश्वकपको उपाधि

पौष ७ गते २०८०
10:09 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको ।जुलियन अल्भारेजको दुई गोल मदतमा फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको छ । साउदी अरेबियाको जेदाहमा भएको खेलमा अल्भारजले पहिलो र ८८औं मिनेटमा गवल गरे । फिल फोडेनले ७२औं मिनेटमा गोल गरे । फ्लुमिनेन्सका मोटा फिल्होले २७औं मिनेटमा आत्मघाती गोल गरेका थिए । सिटीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । गत सिजन पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि सिटीले क्लब विश्वकप खेल्ने मौका पाएको थियो ।

सिटी क्लब विश्वकप जित्ने चौथो इंग्लिस क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइछेड, लिभरपुल र चेल्सीले क्लब विश्वकप जितेका थिए । तर सिटी एकै क्यालेन्डर इअरमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बन्यो । गत सिजन प्रिमियर लिग र एफसी कपसहित च्याम्पियन्स लिग जितेर ट्रेबल उपाधि जितेको सिटीले अगष्टमा युइएफए सुपर कप पनि जितेको थियो । वर्षको अन्तिममा क्लब विश्वकप पनि जितेपछि सिटीले एउटा च्याप्टर सकाएको म्यानेजर पेप ग्पार्डिओलाले बताए । ‘यो वर्ष अद्भुत रह्यो ।’ उनले भने । ‘हामी हामी च्याप्टर बन्द गर्‍यौँ । हामीले सक्नेजति सबै जित्यौँ । अब फेरी त्यस्तै गर्ने प्रयास गर्नेछौँ ।’

रिप्लाई गर्नुहोस