12:42AM
फागुन २६ गते २०८२

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, २ अर्ब ७९ कराेड रुपैयाँकाे काराेबार

मंसिर २१ गते २०८०
4:03 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ – शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । हिजो बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेको छ । आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्लोबल आईएमई लघुवित्तको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

रिप्लाई गर्नुहोस