ग्लोबल आईएमईको ९ प्रतिशत लाभांश घोषणा
ग्लोबल आईएमई बैंकले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट बैंकले लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
यस्तै, बैंकले लगानीकर्तालाई १ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । नगद लाभांश र बोनस सेयर गरी कम्पनीले कूल ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
कम्पनीको ४२९ औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी १७ औं वार्षिक साधारण सभाबाट लाभांश पारित गर्नेछ ।