प्रधानमन्त्री प्रचण्डको कोरियाका कृषि मन्त्रीसँगको भेट
नेपाल भ्रमणमा रहेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् ।
मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा कृषि विकासका लागि एक अर्कालाई कसरी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
कोरिया सरकारले नेपाललाई दिएको उन्नत जातको गाई बारेमा जानकारी लिन नेपाल आएका मन्त्री क्युनले आजै कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसालसँग भेटेर कृषिका विभिन्न क्षेत्रमा सहकार्य गरी सम्झौता गर्न भएका छन् ।