मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रम बीच एफपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको कुल १२ हजार ३८१ जनाले एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०-१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको छ ।
सर्वसाधारणका लागि लघुवित्तले असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो । यसमा कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए ।