चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर बाँडफाँट
चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीले कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।
कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको थियो । जसमा कुल ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएकोमा ८५ हजारले मात्रै आईपीओ पाएका हुन् ।
कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।