एनआईसी एसिया लघुवित्तलको नगद लाभांश
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको छ ।
बैठकले हाल कायम चुक्ता पुँजीको १ अर्ब ७३ करोड ९४ लाख चालिस हजार रुपैयाँको १५५ यानेकी २६ करोड ९ लाख सोह्र हजार बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय भएको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैटौँ वार्षिक साधारण सभाबाट पारित भए पछि मात्र वितरण गर्ने निर्णय भएको एनआईसी एसिया लघुवित्तले जनाएको छ ।