07:33AM
फागुन २७ गते २०८२

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ्ग थप सुविधा

कार्तिक १ गते २०८०
12:08 pm
Author Avatar
आर्थिक मञ्च

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैकिङ्गको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ्ग एपमा नयाँ सुविधाहरू थप गरेको छ ।

अव ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधाहरू थप गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ्ग सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरू प्रदान गर्नेछ ।

लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।

रिप्लाई गर्नुहोस