07:38AM
फागुन २७ गते २०८२

नेप्से परिसूचकमा १३ दशमलव १८ अङ्कको बृद्धि

असाेज ३० गते २०८०
3:36 pm
Author Avatar
आर्थिक मञ्च

शेयर बजार आज मङ्गलवार बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै एनआईबीएल प्रगति फन्डको शेयर झन्डै साढे ७ प्रतिशत, श्वेतगंगा जलविद्युत् कम्पनीको शेयर झन्डै ७ सात प्रतिशत तथा सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुल फन्डको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

आज ३८ लाख १३ हजार कित्ता शेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस