09:11AM
फागुन २७ गते २०८२

राष्ट्रिय वाणिज्य बैंक मार्फत अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी

असाेज १५ गते २०८०
11:05 am
Author Avatar
आर्थिक मञ्च

हिमाल रेमिटको रेमिटान्स भुक्तानी अब राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशबाट हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई रेमिटान्स प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रा.लि.का रहेको छ । बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ ।

रिप्लाई गर्नुहोस