04:25AM
फागुन ७ गते २०८२

कृषि संरचनाहरूको मुक्तिनाथ कृषि कम्पनीद्वारा उद्घाटन

भाद्र १९ गते २०८०
4:30 pm
Author Avatar
आर्थिक मञ्च

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विभिन्न ५ वटा कृषि संरचनाहरूको उद्घाटन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा।बेदुराम भुसालको प्रमुख आतिथ्यता भदौ १७ गते आयोजित कार्यक्रमका बीच संरचनाको उद्घाटन गरिएको हो ।

कम्पनीको ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरूलाई देशव्यापी रूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले ५ वटा कृषि संरचनाहरूको डिजिटल रूपमा समुद्घाटन गरिएको जनाइएको छ ।

जसमा इटहरी, बर्दिबास, काठमाडौँ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित प्रादेशिक कार्यालयहरू, स्याङ्जा र चितवनमा अवस्थित फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवर्द्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरूलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एप रहेका छन् ।

कार्यक्रममा अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरूको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।

संयुक्त राष्ट्र सङ्घ, विश्व खाद्य सङ्गठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसँग कोदोजन्य बाली वर्ष २०२३ लाई प्रवर्द्धन गर्न सहकार्यको सुरुवात गरेको बताए । उनले आगामी दिनमा कूटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रिप्लाई गर्नुहोस