12:01AM
फागुन २७ गते २०८२

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

जेठ २९ गते २०८०
7:07 am
Author Avatar
आर्थिक मञ्च

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँट पश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्तासम्म आवेदन दिनसकिनेछ । कम्पनिको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

रिप्लाई गर्नुहोस