05:27PM
चैत्र ४ गते २०८२

खोटाङमा दुर्घटनामा परेको हेलिकोप्टरको घाइते भएकाहरूको उद्धार

चैत्र ४ गते २०८२
3:11 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । आज बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको नाइन एन एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौँबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उनले जानकारी दिए ।

रिप्लाई गर्नुहोस