10:17PM
फागुन २६ गते २०८२

बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्टाटसको जवाफ फर्काए

फागुन २६ गते २०८२
8:06 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्टाटसको जवाफ फर्काएका छन्। बालेनले शुभकामनाका लागि धन्यवाद दिँदै आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन सँगै सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले मोदीको स्टाटसमा कमेन्ट लेख्दै खेलकुदको जितका लागि पनि शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत् उनले मोदीलाई धन्यवाद दिँदै भनेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’

रिप्लाई गर्नुहोस